FAQs Complain Problems

विपद् जोखिम न्यूनिकरणको स्थानियकरण तालिम

अमेरिकी अन्तराष्ट्रिय सहायता नियोग (USAID/BHA) को सहयोग अन्तगर्त अन्तराष्ट्रिय आप्रवासन संगठन  IOM-UN-Migration  मार्फत नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा भूकम्प प्राविधिक राष्ट्रिय समाज नेपाल (NSET) र LWF प्राक्टिकल एक्सन कन्सल्टेन्ट (PAC)  द्धारा गण्डकी प्रदेश हरिनास गाउँपालिकामा २ दिने विपद् जोखिम न्यूनिकरणको स्थानियकरण तालिम मिति २०७९ भाद्र ५ र ६ गते हरिनास गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिएको छ । विपद् तथा प्रकोपबाट जनधन र जैविक विविधतामा पर्ने क्षति न्यूनिकरण तथा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ संचालन गरिएको उक्त तालिमको अध्यक्षता गर्नुभएका हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले तालिम महत्वपुर्ण रहेको तथा स्थानीय ऐन तर्जुमा, पूर्वतयारी लगायत विपद्सँग प्रतिकार्य गाउँपालिकाको क्षमता अभिवृद्धि भएको बताउनुहुँदै जनप्रतिनिधिलाई उपयुक्त समयमा उपयुक्त तालिम प्राप्त भएको बताउनु भयो । विपद्ले मानिस तथा धनजनको क्षति गर्ने हैन मानिसहरुले बनाएका संरचना कमजोर हुनु र असाबधानीले ठूलो क्षती हुने बताउँदै तालिमका प्रशिक्षकलाई र तालिममा सहभागीलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै तालिमको अपेक्षा गरेको बताउनु भयो ।तालिममा गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थापा रानाको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायको शुभकामना मन्तव्य बाट शुरु भएको तालिम अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य र बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको उक्त तालिम एनसेट तालिम संयोजक विश्व प्रसाद अर्याल र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका प्रतिनिधि बरिष्ठ अधिकृत सुनिल पाण्डेले प्रशिक्षण दिनुभएको थियो । तालिममा गाउँपालिका विपद् सम्बन्धी तयारीको अवस्था, विपद् सम्बन्धी ऐन नियम, नक्साङ्कन, पूर्वतयारी प्रतिक्रिया स्थानीय आपतकालिन कार्य संचालन केन्द्र, पूर्व सूचना प्रणाली, खुल्ला क्षेत्र, संकटासन्नताको विश्लेषण, स्थानीय विपद् तथा जलबायू अनुकुलन योजना, IRA  लगायत विविध प्रयोगात्मक तथा सैद्धान्तिक विषयमा प्रशिक्षक गरिएको थियो ।

 

आर्थिक वर्ष: